बुधबार बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले विहीबार नै स्पष्टीकरण बुझाउने निर्णय गरिएको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।
बैठकले पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्दै थप रणनीतिका साथ अघि बढ्ने निर्णय गरेको छ । शाक्यले स्थायी समितिका सदस्यबीच छलफल नभएको लामो समय भएकाले आगामी रणनीतिका बारेमा छलफल भएको बताउनुभयो ।
नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण माग गर्नुभएको थियो ।