बाबा, कहाँ जाना है ? सिरहाको लहानस्थित हस्पिटल चोकमा गेरूवस्त्रधारी बाबाजीलाई ईरिक्सा चालक पडरिया निवासी ललन चौधरीले प्रश्न गरे ।जवाफ आयो – ठाडी जानु छ, पैसा कति ?ललनले २ सय ५० रूपैयाँ भाडा लाग्ने बताए । ठाडी सिरहाको दोश्रो ठूलो नेपाल– भारत नाका हो ।
ती बाबासँगै थिए महोत्तरीको बर्दिवास, हात्तीलेट निवासी टेकबहादुर बलम्पाकी । ई–रिक्सा हुइँकिन्छ लहानबाट करिब १७ किलोमिटर दक्षिणमा रहेको ठाडीतिर । बाटामा अनेकन राजनीतिक संवाद हुन्छन् बाबा र बलम्पाकीबीच । ईरिक्सा चालक बाबाको राजनीतिक संवादले तीन चित खान्छन् ।
ठाडीसँगै जोडिएको लौकहा हुँदै ती भारत छिर्छन् । भारत छिर्ने क्रममा बाबाले नेपाल – भारतको दशगजामा रहेको सशस्त्र प्रहरीको चेकपोष्ट हेर्छन् । छेउमै रहेको डोम समुदायको सुँगरका खोरहरू हेर्छन् । त्यसपछि ‘ल कामरेड, अहिलेलाई पक्राउबाट जोगियौँ , अरू अर्काे भेटमा छलफल गरौँला’ भनेर हात मिलाउँदै भारततिर लाग्छन् ।
बलम्पाकीका माइला दाइ बलबहादुर र साइँला नलबहादुर २०२८ सालदेखि चौमको पूर्णकालीन सदस्य थिए । र, सरकारले प्रतिवन्ध लगाएपछि विप्लव पनि केही समय हात्तीलेटमै बसेका थिए ।प्रहरीको घेराबन्दीमा परेपछि विप्लव टेकबहादुरकै सहयोगमा बाबाजीको भेष धरेर लहान हुँदै ठाँडीबाट भारत छिरेका हुन् ।
तर, तिनै बलम्पाकी अहिले केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) मा केन्द्रीय सदस्य बनेका छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) को नेतृत्वमा एमाले छिरेका २३ जनामध्ये एक हुन् ।विप्लवको राजनीतिक कार्यदिशा संयुक्त एकीकृत जनक्रान्न्ति थियो ।
यसमा सैन्य कार्यदिशा पनि थियो – तर लडाइँ लड्ने सामथ्र्य थिएन, सुसज्जित हतियार खरिद गर्न सक्ने अवस्था थिएन ।विश्व परिस्थिति हतियार युद्धका लागि अनुकूल नभएको निचोड विप्लवले निकाले, बलम्पाकीले भने, ‘विप्लव गोञ्जालो बन्न चाहँदैनथे ।’जनआस्था साप्ताहिकबाट