काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । बुधबार अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका उनले पार्टीलाई फुटाउनतिर नभएर जोगाउनतिर लाग्न आग्रह गरेका छन् ।

 

नेता भट्टराइले पार्टीका सबै नेताहरूलाई समेटेर अघि बढ्न पनि आग्रह गरेका छन् । विगतमा भएका भुलहरुलाई बिर्सेर नयाँ ढंगले अघि बढ्न उनको आग्रह रहेको छ ।

एमालेको विभाजन भए प्रतिक्रियावादी खुसी हुने र जनता निरास हुने खतरा उत्पन्न हुने नेता भट्टराईले अध्यक्ष ओलीलाई सल्लाह दिएका छन् । साथै, पार्टी एकतालाई जोगाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने पनि बताएका छन् ।

यसअघि अध्यक्ष ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, नेता भट्टराईसहित २७ सांसदलाई स्पष्टीकरण सोध्नुभएको छ । स्पष्टीकरणपछि कारबाही गर्ने अध्यक्ष ओलीको धम्किपछि नेता भट्टराई पार्टी जोगाउनका लागि दौँडधुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.