विश्वलाई कोरोना महामारीको दोस्रो लहरले गाँजिरहेका बेला वैज्ञानिकले हावाबाट पनि कोरोना भाइरस सर्ने १० वटा प्रमाण भेटेका छन् ।
गत साता विश्वप्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटमा छापिएको अध्ययन प्रतिवेदनमा यी प्रमाणहरुबारे उल्लेख गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाका विभिन्न संस्थामा कार्यरत ५ वैज्ञानिकले संयुक्तरुपमा उक्त अध्ययन गरेका हुन् ।
पहिलो प्रमाणका रुपमा वैज्ञानिकले कोभिड –१९ व्यापक प्रसारमा निश्चित कार्यक्रम तथा जमघट (सुपरस्प्रेडिङ इभेन्ट्स) धेरै हिसाबले जिम्मेवार रहेकाले यो हावाको माध्यमबाट सरेको देखिएको तथ्य राखेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
कोरोना संक्रमण बढ्दै गए पनि यसप्रति सतर्कता अपनाइएको पाइँदैन। दिनहुँजसो भीडभाड बढिरहेको छ। सरकारले कोरोना जोखिम बढ्दै गएको भन्दै भीडभाड गर्न रोक लगाए पनि त्यसको पालना हुन सकेको छैन।
सिरहा जिल्ला प्रसाशन कार्यालयले चैत ३० गते सूचना जारी गर्दै छिमेकी भारतलगायत विभिन्न देशमा कोरोना संक्रमण बढ्दै गएकाले नयाँ वर्षको अवसरमा मेला आयोजना नगर्न आग्रह गरेको थियो।
प्रशासनले भीडभाड हुने कार्यक्रम नगर्न सूचना जारी गरे पनि नयाँ वर्षलाई स्वागत गर्न भन्दै सिरहाको लहान, लक्ष्मीपुरपत्तार, भगवानपुर, पकडियागढ, सिरहा क्षेत्रमा मेला लाग्यो। मेलामा सहभागीले न मास्क प्रयोग गरेका थिए, न त व्यक्तिगत दूरी नै कायम गरेका थिए।