विगत एकवर्ष देखि क्यान्सर रोगसँग लड्दै आएका आफ्नो श्रीमानको उपचारका क्रममा मृत्यु भएपछि आफ्नो अबोध छोरालाई बाबू खोइ मामु भन्दा के जवाफ दिने दाजु भन्दै चिन्तित अवस्थामा अहिले काठमाण्डौंको पशुपति क्षेत्रमा काजकिरियामा बसेकी नर्सले मलिन स्वरमा उनले भनिन् ।

भेरी अस्पताल नेपालगन्जमा कोभिड वार्डमा कार्यरत नर्स सुनिता कुमारी सहकारीका श्रीमानको काठमाण्डौंको पाटन अस्पतालमा उपचार गराउने क्रममा ५ दिन अगाडि मृत्यु भएको थियोे । उनी अहिले काठमाण्डौको पशुपति मन्दिरमा आफ्नो श्रीमानको काजकिरियामा बसेकी छिन् ।

नेपालगन्ज देखि काठमाण्डौं ल्याउदा उपचार गराएर सन्चो गराउछु भनेर ल्याएको थिए तर दैव पनि मै माथि लाग्यो थुप्रै महानुभावहरुको आर्थिक सहयोगमा उपचार गरेर पनि बचाउन सकिन उनले रुदै बिलौना गरिन् ।

म कसरी नेपालगन्ज फर्किउ अनि त्यो अबोध बालकलाई बाबा खोइ भन्दा के जवाफ दिने हो उनी कुरा गर्दागर्दै भावुक बनिन् । घरको आर्थिक स्थिति दयनीय भएको हुदा सबैलाई हा र गु हार गरेर उपचार गर्दै थिए दैव आएर टिपेर लग्यो उनले बताइन् ।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.