पुज्यनीय माता अनि पिता, दुबैमा मेरो ढोग छ। यहाँहरुले मलाई जन्म दिनुभयो र त आज सचिन परियारको नाममा परिचित हुन पाएको छु। यो संसारलाई नियाल्न पाएको छु अनि सानै उमेरमा चर्चित बन्न सफल भएको छु। त्यसैले मेरो लागि तपाईहरु धन्य हुनुहुन्छ।

धन्न तपाईहरुको भेट भएछ, माया बसेछ र मैले यो सुन्दर संसार देख्न पाएँ। वर्षौं कला क्षेत्रमा साधना गरेका व्यक्तित्वहरुसँग भेट्न मात्र होइन सँगै अभिनय गर्न पाएँ। यो सौभाग्य यहाँहरुको योगदान बिना सम्भव थिएन।

यहाँहरुले मलाई ठिक समयमा जन्माउनु भएछ,सायद । त्यसैले बाल्यकालमै भाइरल हुन पाएँ। आज भन्दा १५, २० वर्ष अघि जन्मेको भए सचिन परियार गाउँमै हलो जोतिरहेको हुन्थ्यो होला, लुगा सिलाउँदै गरेको हुन्थ्यो होला ।

किनकी बुवा तपाईं पनि त तीन महिना अघिसम्म त्यहि काम गर्दै हुनुहुन्थ्यो। अहिले पनि तपाईको सँग त्यो सिप छ। काठमाडौंमा त्यो सिपको उपयोग गरेर आम्दानी गर्न सक्ने सम्भावना पनि अब्बल छ। तै पनि विविध लफडा र झै झगडाले त्यो पुरा हुन सकेको छैन। हेर्नुहोस् भिडियो।

Leave a Reply

Your email address will not be published.