काठमाण्डैं– २०७२ वैशाख १२ गते उनी साथीसँग धरहरा चढ्न पुगिन् रमिला श्रेष्ठ । धरहराको टुप्पोबाट फेदमा मान्छेहरू किरिङमिरिङ देखिन्थे । गाडीको गोलाकार धर्सो टुँडिखेललाई केन्द्र पारेर चलायमान थियो ।

रामेछापबाट काठमाडौं घुम्न आएकी उनलाई धरहरामाथिबाट काठमाडौं हेर्दा अधै मज्जा लाग्यो । तर, धरहराको माथिल्लो उचाइबाट काठमाडौं हेर्दा लागेको खुसी धेरै बेर टिक्न सकेन । एक्कासि हावा चलेजस्तो लाग्यो, उनी थुचुक्कै भुइँमा बसिन् । त्यसपछि के भयो उनलाई केहि थाहा छैन ।

होसमा आउँदा बेस्सरी घामले पोलेजस्तो भयो । भित्र कहाँ–कहाँ पीडा भएजस्तो, मुख सुकेजस्तो लागेको थियो । फेरि धुम्म भयो । छिनछिनमा होस आउँदै–जाँदै गरेको थियो । होसमा आएका वेला खुट्टा पसारेर बसेको अवस्थाको सम्झना छ, रमिलालाई । खुट्टा चलाउन खोजिन्, तर खुट्टा चल्दै चलेन । आफ्नो खुट्टा भाँचिएको थाहा पाउन उनलाई धेरै बेर लागेन ।

‘ला यस्तो भयो, अब ममी–ड्याडीले मा,र्नुहुन्छजस्तो लाग्यो, एकदमै डर लागेको थियो,’ तीन वर्षअघिको घटना सम्झिँदै उनले भनिन् ।

बाकिँ कुरा भिडियो हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published.