श्रीमान् बिदेशमा छन् तर श्रीमति नेपालमा तीन पटक पोइल गइसकिन् । सासुले फर्काएर ल्याइन् तर फेरि गइन् । यो घटना दाङको हो । त्यहाँको तुलसिपुर उपमहानगरपालिका वडा नं १६ को रकै भन्ने ठाउँमा एक महिलाले यस्तो गरेकी हुन् ।

श्रीमान् हुँदा हुँदै अर्कैसंग तीन तीन पटकसम्म भागेर विबाह गरेकी छन् । उनले गरेको यो कामदेखि घरका सबै र माईति पट्टीका सबै अचम्मित परिरहेका छन् । ती महिलाको श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत छन् । श्रीमान् विदेशमा भएको समयमा उनले यस्तो काम गरेकी हुन् ।

उनी वर्षले जम्मा २४ वर्षकी भएकी छन् तर उनको एउटा ८ वर्षको र १४ महिनाको छोरापनि छ । यि दुवै सन्तानकी आमा भएरपनि किन यस्तो गरेको होलाभन्दै देख्ने, सुन्ने र जान्ने सबै उनको व्यवहारदेखि चकित छन्।

यसरी श्रीमान् र घर छाडेर पटक पटक अर्कैसंग जाने उनी हुन् पुष्पा । उनी फेरी यो पटक पनि सानो १४ महिनाको छोरासंगै भागेको भन्ने उनकी सासुले बताएकी छन् । सासुको भनाई अुनसार पुष्पा योभन्दा पहिलापनि यसैगरी अरुसंगै जाँदा उनका पतिले उनलाई छोराहरुकोलागी फकाएर ल्याएका थिए ।

तर पुष्पा भने फर्किंदै र फेरी जाँदै गरिरहीन् । यस पटकपनि उनी घर छाडेर गएकी छन् । उनी गएपछि सासुले उनको सबै वास्तविकता मिडिया सामू खोलेकी छन् । सासुले रुँदै बुहारीले गरेको व्यवहार र आफ्नो छोराले परदेशमा पाएको दुःखको कुरा समेत गरेकी छन् ।

उनलाई लाग्छ बुहारीले सानो नाती संगै लिएर गएको हुनाले त्यो नातीलाई कसैले केही गर्यो भन्ने पी र लागेको उनी बताउँछिन्, ‘त्यो त गई गई त्यस्का के कुरा गर्नु? मेरो छोराले यिनै नातीहरुको मुख हेरिकन त्यस्लाई ३ चोटीसम्म फर्काएर ल्यायो । र पनि त्यो फेरी गई । मेरो सानो नातीलाई आफुसंगै लगेर गएको हुनाले मलाई त्यसैको पि र लो छ ।’

Leave a Reply

Your email address will not be published.

You missed