कैलालीको लम्की चुहा नगरपालिकाको चेतना सामुदायिक बनमा सोहि ठाउँका ५६ बर्षिय छबि लाल बलामी मगर लाई जंगली बदेलले आक्रमण गरेको छ । छबिलाल सोहि चेतना सामुदायिक बनको कार्यसमिति सदस्य सदस्य समेत हुन । जंगलमा गाई धपाउन गएको बेला छबिलाललाई घाईते जंगली बदेलले आक्रमण गरेको हो ।

करिब आधा घण्टा सम्म बदेल संग लडेर ज्यान बचाउन सफल भएको उनि बताउँछन । बदेल संग नलडि भागेको भए आफु भागेको भए सायद आफु जिवित हुन नसक्ने उनिको भनाई छ । अहिले उनको लम्की स्थित लाल रत्न अस्पतालमा उपचार भईरहेको छ । टाउको,हात,खुट्टामा आक्रमण हुदा समेत मगरको अवस्था समान्य नै रहेको छ । मृत्युको मुख बाट बच्न सफल भए पछि अहिले उनि खुसि देखिन्छन ।

प्रस्तुत छ उनै साहसी बुवा छबिलाल बलामी मगर संग गरिएको कुराकानि, हेनुस भिडियो-

 

Leave a Reply

Your email address will not be published.