नेपालगन्ज : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेले बाकेमा रहेका ८ स्थानिय तहका सामुदायिक तथा निजि शैक्षिक संस्थाहरुले लकडाउनको समयको शुल्क लिएको प्रती आफ्नो ध्यानाकर्षण भएको र लकडाउन बेलाको शुल्क फिर्ता गर्न माग गरेको छ ।

अनेरास्ववियु बाँकेले शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख राम सुरेश यादवलाई लकडाउनको समयको शुल्क बाँकेका शैक्षिक संस्थाले लिएको र त्यो शुल्क फिर्ता गर्नु पर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

अनेरास्ववियु बाकेका अध्यक्ष टेकेन्द्र मल्लद्वारा हस्तान्तरण गरिएको ध्यानाकर्षण पत्रमा अगाडी लेखिएको छ , कोभिड १९ को पहिलो चरणको बन्दाबन्दिको बेला शुल्क लिएको प्रती यस हाम्रो गौरवशाली संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड १९ उच्च जोखिम बढेकाले यस कार्यालयको माताहत रहेका आठै वटा स्थानियका सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरुमा कोभिड १९ विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप उच्च सतरकता अपनाउन हार्दिक अनुरोध गर्दछौ ।

साथै ध्यानाकर्षण पत्रमा लेखिएको छ, आठै वटा स्थानियका सामुदायिक तथा संस्थागत शैक्षिक संस्थाहरुमा शैक्षिक वातावरणमा कायम गरि नियमित पठनपाठन तथा शैक्षिक कार्यहरु गर्न शैक्षिक संस्थाहरुलाई आग्रह गर्दछौ ।

हेर्नुस् ध्यानाकर्षण पत्र

Leave a Reply

Your email address will not be published.