चैत ०९ बाँके जिल्ला प्रहरी कार्यालय बाँके बाट खटिएको विशेष टोलिले पाटे बाघको छाला सहित ४ जना पक्राउ गरेको छ। आज पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका ११ का ५० बर्षका गंग बहादुर खत्री, बर्ष २० प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका ४ का ३९ बर्षका चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका ४ का ३८ बर्षका जयलाल नेपाली छ्न।
उनिहरुलाई बाँकेको चिसापानीबाट कोहलपुरतर्फ पैदल आउदै गरेको अबस्थामा पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओम बहादुर रानाले ज्युले जानकारी दिनु भयो ।
बाँकेको बैजनाथ गाउंपालिका १ च्यामा स्थित सुर्खेत-कोहलपुर सडकखण्ड अबैध बाघको छाला, हड्डीको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली उक्त स्थानमा चेकजाँच गर्ने क्रममा जयलाल नेपालीले बोकेको झोलामा पाटेबाघको छाला १ र गंग बहादुर खत्रीले हातमा समातेको अवस्थामा प्लाष्टिकको बोरा भित्र बाघको जस्तो देखिने हड्डी २ के.जि.५०० ग्राम फेला पारी बरामद गरिएको हो। उनिहरु माथी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बाँके राष्ट्रिय निकुन्जको कार्यालयमा पठाउने तयारी भैरहेको बताएइको छ।