वीरगन्ज, २ चैत । तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि सक्रिय बन्न थालेको छ ।

यसै क्रममा पछिल्लो समय पर्सा प्रहरीले विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिकाहरुलाई बलात्कार गर्ने दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ का २२ वर्षीय अनिल कुशवाहा, पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ बलुवाका १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारु रहेका छन् ।

 

अनिल कुशवाहाले गाउँकै १९ वर्षीया बालिकासँग उनको उमेर २० वर्ष पुगेपछि बिहे गर्छु भनी फागुन १६ गते टीकोटालोसमेत गरेका थिए । तर, अर्कै युवतीसँग बिहे गरेका अनिलले टीकोटालो गरेकी बालिकालाई आफ्नै घर तथा गाउँको एकान्त स्थानमा बोलाएर पटकपटक जबरजस्ती करणी गरेको थाहा पाएपछि पीडित बालिकाका बुबाले प्रहरी कार्यालयमा अनिलविरुद्ध उजुरी दिएका थिए । त्यही उजुरीको आधारमा प्रहरीले अनिललाई पक्राउ गरेको हो ।

अनिलविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ बलुवाटोलका १८ वर्षीय रोशनकुमार यादवले १६ वर्षकी बालिकालाई बिहे गर्छु भन्ने प्रलोभन दिई फागुन ८ गते राति बालिकाकै घरमा जबरजस्ती करणी गरेका थिए ।

त्यसपछि फागुन १३ गते रोशनले बालिकालाई ललाईफकाई घरबाट लिएर भारतको गोरखपुर लगी डेरामा राखेका थिए । डेरामा पनि रोशनले बालिकासँग पटकपटक जबरजस्ती करणी गरेका थिए । बालिका घरबाट बेपत्ता .भएपछि बालिकाका अभिभावकले खोजतलास गर्न थालेपछि त्यो थाहा पाएर रोशनले पीडित बालिकालाई गोरखपुरबाट घर पठाइदिएका थिए । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.