इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत घुमुवा प्रहरी जितेन्द्रजंग केसी असुलीधन्दामा लागेको खुलेको छ । राप्तीसोनारीका क्रसर ठेकेदार मनोज केसीबाट मोटो रकम असुली गर्दै मोटरसाईकलमा तेल हाल्नका लागि थप समेत असुल्दै आएको खुलेको छ । केही ट्याक्टरधनी र क्रसर उधोगीको उजुरीपछि बाँके प्रहरीले केसीलाई दोषी ठहर गरेको थियो । त्यही बेहोराको प्रतीबेदन बाँके प्रहरीले लुम्बिनी प्रदेश प्रहरीलाई पठाएको थियो । त्यसपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले केसीलाई त्यहाँबाट हटाउन भनेको थियो । तर प्रदेश प्रहरीले पठाएको पत्रसहितको निर्देशन इलाका प्रहरी कोहलपुर र बाँके प्रहरीले कार्यान्वयन नर्दा केसीको धन्दा रोकीएको छैन।इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत घुमुवा प्रहरी केसीमाथि कोहलपुर क्षेत्रमा असुलली गरेको निवेदन प्रदेश प्रहरीमा परेपछि प्रदेश प्रहरीले तत्काल उसमाथि कारवाही गरी नतिजा पठाउने बाँके प्रहरीलाई पत्राचार गरेको थियो ।

डिआईजि रहने प्रदेश कार्यालयले निर्देशनसहित पत्र पठाएको भएपनि कोहलपुरका डिएसपीको उदासिनता र बाँके प्रहरीको वेवास्ताले असुली धन्दाका नाईके मानिने केसीमाथि कारवाही हुन नसकेको खुलेको छ ।कोहलपुर डिएसपी र बाँकेका प्रहरीका केही उच्च अधिकारीको संरक्षणमा रहेका भनिएका केसीलाई डिआईजी कार्यालयबाट कारवाहीको पत्र आउदा पनि केही हुन नसक्नुले यतिबेला बाँके प्रहरीमा चर्चा पाएको छ ।प्रदेश प्रहरी कार्यालयको लेटर प्याडमा ०७७- ०८८ दर्ता नम्बर भई १८२९ नम्बरको चलानीमा बाँके प्रहरीलाई उक्त पत्र आएको देखिएको छ ।

प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काको हस्ताक्षरमा १० महिना २४ गते डिआईजी कार्यालयले बाँके प्रहरीलाई कोहलपुरका घुमुवा प्रहरी जितेन्द्रजंग केसीमाथि कारवाहीका लागि पत्र पठाएको थियो ।उक्त पत्रमा राप्तीसोनारीका क्रसर ठेकेदार मनोज केसीबाट मोटो रकम असुली गर्दै मोटरसाईकलमा तेल हाल्नका लागि थप समेत असुल्दै आएको खुलाइएको छ ।प्रहरी जवान केसीले अहिले पनि कोहलपुर क्षेत्रबाट दैनिक यो वा त्यो ढंगबाट चरम रकम असुली गरिरहेका छन ।

उनले क्रसर व्यवसायी मात्रै नभई कोहलपुर बजारका सामान्य ठेला व्यवसायीदेखि छोटो दुरीका सवारी साधनबाट पनि रकम असुल्दै आएको सवारी चालकहरू बताउँछन ।उनले यसरी गैरकानूनी रूपमा उठाएको रकम कोहलपुर डिएसपीदेखि प्रहरीको उच्च अधिकारीलाई समेत पु¥याउँने गरेको उनकै समकक्षी घुमुवाहरू बताउछँन ।असुली र बाँडफाँडमा गतिलै सेटिङ्ग भएकोले प्रदेशको पत्र आउदा पनि कोहलपुरका डिएसपीले केसीमाथि कारवाहीको कुनै प्रक्रिया अघि बढाएका छैनन ।

प्रहरी जवान जितेन्द्रले कोहलपुर क्षेत्रका यातायात व्यवसायीदेखि सर्वसाधराण र व्यवासायी तथा ठेकेदारदेखि होटल व्यवसायीबाट समेत चरम असुली गर्दे आएको यसअघि पनि आरोप लागेको थियो ।( सभार खोज खबर )

Leave a Reply

Your email address will not be published.