काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ९:३० बजे सुरक्षा परिषदको बैठक बोलाएका छन् ।
सुरक्षा परिषद्को नियमित बैठक भएको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापाको सहभागिता रहनेछ ।
परिषदको बैठक विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित हुने बताइएको छ ।
राष्ट्रिय विपद र राष्ट्रिय सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय लिन तथा देशको सुरक्षा अवस्थाबारे छलफल गर्न आवश्यकताअनुसार परिषद बैठक बस्ने प्रचलन छ ।
नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ ।