बाँके फाल्गुन ११ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको मातहतमा रहेको ट्राफिक प्रहरी पोस्ट नेपालगन्जले हिजो नेपालगन्जको जिल्ला प्रशासन कार्यालय बाँके, भेरी अस्पताल, मालपोत र नापी कार्यालय अगाडि पार्किङ गरेमा जरिवाना गरिने बताएको छ ।जथाभावी पार्किङ गरेको जनगुनासो बढेपछि ट्राफिक प्रहरी बाँकेले त्यहाँ हुँदै आएको अब्यबस्थित पार्किङलाई रामलिला मैदानमा सारेको नेपालगन्ज ट्राफिक पोस्टका प्रमुख प्रहरी नायब निरीक्षक सिद्दीगणेश शाहले जनाए । नायब निरीक्षक शाहका अनुसार नयाँ बनेको पार्किङ स्थलमा पार्किङ गर्न अनुरोध गर्दा पनि अटेर गरेको हुँदा हिजो आधा दर्जनभन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिएर जरिवाना गरिएको जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.