बाँके १०/०९ गते जिल्ला बाँके राप्तीसोनारी गाँउपालिका हुदै चितुवाको छालाको ओसारपोसार भईरहेको गोप्री सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत ई.प्र.का.कोहलपुर बाँके बाट खटिएको टोलि ले ३ जना लाई पक्राउ गरेको छ। प्रहरी टोलीले अं.२२:०० बजेको समयमा राप्तीसोनारी गाँउपालिका वडा नं १ कुसुम स्थित सडक खण्डमा शंकास्पद रहेका जिल्ला सल्यान बाघचौर न.पा.३ वस्ने जित बहादुर डि.सी, कुमाख गा.पा.वडा नं.७ वस्ने कमल डि.सी.र ऐ.ऐ.वस्ने हिमेन्द्र वली लाई फेला पारी निजहरुको तलासी लिदा जित बहादुर डि.सी.ले बोकेको कालो रंगको HP लेखेको झोला भित्र रहेको दुई वटा चितुवाको छाला नियन्त्रणमा लिएको छ । सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published.

You missed