धनकुटा, ५ फागुन । बलात्कारपछि हत्या गरिएकी पीडितहरुको न्यायका निम्ति विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय धनकुटामा ध्यान आर्कषण–पत्र बुझाएका छन् ।

‘बालबालिकाका लागि शैशव’ भन्ने नाराका साथ स्थापना भएको राष्ट्रव्यापी बाल स्वयम सेवक सञ्जाल र धनकुटाका सम्पूर्ण विद्यार्थीहरुले ध्यानार्कषण पत्र बुझाएका हुन् ।

बालबालिकाको क्षेत्रमा विद्यमान विकृति विसङ्गति र समस्याको न्यूनीकरण गर्दै बालमैत्री नेपाल सिर्जना गर्ने पवित्र अभिष्ठका साथ स्थापना भएको राष्ट्रव्यापी बाल स्वयम सेवक सञ्जाल शैशव मञ्च नेपाल प्रदेश १ धनकुटा समूह र सम्पूर्ण विद्यार्थीहरुको आयोजनामा न्यायका निम्ति शान्तिपूर्ण ¥याली एवं ध्यानाकर्षण सभा धनकुटामा सम्पन्न भएको हो ।

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव गत माघ २२ गते स्थानीय लवलेक जङ्गलमा फेला परेको थियो ।

मृतक भट्टको परिवारलाई सान्त्वना दिदै मृतकको आत्माको शान्तिको कामना गर्दै न्यायका लागि विद्यार्थीहरुले ध्यानआर्कषण पत्र बुझाएका हुन् ।

शैशव सबै एक हौं, बालबालिकाका लागि एकजुट छौं भन्दै धनकुटामा विद्यार्थीहरुले शान्तिपूर्ण ¥याली निकालेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई ध्यान आकर्षण पत्र बुझाएका ¥यालीको नेतृत्व गरिरहेका बिद्यार्थी उमेश चन्द्र अधिकारीले जानकारी दिए ।

भर्खरै अपराधि पत्ता लागिसकेको हुदा उक्त अपराधिलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन् । त्यस्तै उनीहरुले न्याय मार्न पाइदैन, न कसैको पक्षमा न कसैको विपक्षमा हामी छौ न्यायको आशमा, ढिलो निर्णय नै अन्याय हो, हत्या हिंसा चाहिदैन, बालबालिका मार्न पाइदैनलगायतका नारासमेत लगाएका थिए ।

उक्त ¥यालीमा त्रिवेणी मावि, गोकुण्डेश्वर मावि, भाषा मावि कागते, धनकुटा बहुमुखी क्याम्पसको प्रतिनिधित्व गर्दै सुवास भण्डारीलगायतका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published.