बैतडी, ४ फागुन । बैतडीमा नेपाली कांँग्रेसको विरोध सभामा झडप भएको छ । विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेको बताइएको छ ।
जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । उक्त समूहले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउदलाई ढुंगाले लागेको प्रहरीले जनाएको छ ।
सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंह महरलगायतको सहभागिता रहेको थियो । आक्रमणपछि दुई पक्षबीच दोहोरो ढुङ्गा हानाहानमा परी ६ जना घाइते भएका छन् । प्रहरी भने झडपपछि मात्रै उक्त स्थलमा पुगेको बताइएको छ ।