नेपालगञ्जमा: आज बिहान मोटरसाईकल र मिनिबस ठोकिदा एकजनाको मृत्यु भएको छ ।
नेपालगन्जको वीपीचोक नजिकै आज बिहान् भे १ ख २९८४ नम्बरको मिनिबस र भे ४ प ८१८९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार साईगाउँका असगर अलि राइनको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

सोही मोटरसाइकलमा सवार रहेका भारती बासी सलमान राइन घाइते रहेका छन् । उनको मेडिकल कलेज, नेपालगञ्जमा उपचार भइरहेको छ ।कुखुरा बोकेर आएको मोटरसाइकल र यात्रुवाहक मिनिबस विहान ५.४५ बजे दुर्घटनामा परेको थियो ।

Leave a Reply

Your email address will not be published.