काठमाडौं, २८ माघ । विद्यालयबाट फर्कँदै गरेकी एक १५ वर्षीया छात्रामाथि बाँकेमा बलात्कारको प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले बलात्कारको प्रयास गरेका हुन् ।

आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर बलात्कारको प्रयास गरेकोपीडित परिवारले जनाएको छ।

‘केही बोलिस् भने तँलाई मारिदिन्छु। चुप लागेर मसँग हिड् भन्दै होटलसम्म लग्यो। बलात्कार गर्न नसकेपछि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको हो’, आफन्तले भने ।

उनका अनुसार मुख, ओठ र घाँटीमा जुत्ता र मुड्की प्रहार भएको छ। घटनाको ४ दिनसम्म पनि मुखमा जुत्ताको डाँम नै थियो। डोरीले घाँटी कसेर, नाक, कान र मुख नाकबाट रगत आएपछिअचेत अवस्थामा मर्‍यो भनेर केटा भागेका थिए । त्यसपछि माघ १६ गते पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । याे खबर अन्नपूर्ण पाेष्ट दैनिकमा छापिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published.