काठमाडौं : म्यानमार घटनाको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विरोध गरेका छन्। उनले ट्विट गर्दै म्यानमारमा सेनाले आङ सान सु की, राष्ट्रपति लगायत अन्य प्रजातान्त्रिक नेताहरुलाई गिरफ्तार गरेको घटनाको विरोध गरेका हुन्।
उनले म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी रहेको उल्लेख गरेका छन् । उनले ट्विटमा लेखेका छन्, ‘ म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी छ। निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय छ।’
रोहिङ्या समुदायमाथि सु कीको सत्ताले गरेको व्यवहार अमानवीय भए पनि लोकतन्त्रको विरुद्ध कोही लाग्न नहुने उनले बताएका छन्। ‘यद्यपि रोहिङ्या समुदायमाथि सु की सत्ताको व्यवहारको पुरानो घटना अमानवीय थियो तर मानवीयताको बाटो फेरि पनि लोकतन्त्रनै हो। हामी हरेक प्रतिगमन विरुद्ध छौं देशमा होस् या परदेशमा’, ट्विटमा उल्लेख गरेका छन्।