काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षले सोमबार (भोलि) केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
भोलि (सोमबार) ११ बजे बोलाइएको केन्द्रीय कमिटी बैठकमा यही माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै, बैठकमा निर्वाचन आयोगमा रहेको नेकपाको आधिकारिकता विवादबारे छलफल हुने पनि बताइएको छ । यसअघि दाहाल–नेपाल पक्षको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो ।
उक्त बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर नेपाललाई अध्यक्ष चयन गरेको थियो ।