काठमाडौं, १८ माघ । राष्ट्रिय खेलकुद परिषद्ले माघ २० गते “खेलकुदसँग प्रधानमन्त्री” अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का संरक्षकुमेत रहनु भएका प्रधानमन्त्री ओलीसँग खेलाडी, प्रशिक्षक र खेलकर्मीमाझ उपस्थित भएर खेलकुदका बारेमा जानकारी लिने र निर्देशन दिने उदेश्यले कार्यक्रमको आयोजना हुन लागेको हो ।

 

परिषदले नेपाली खेलकुदको बारेमा नेपाल सरकारले देखाएको चासो र अभिरुची प्रति आभारी रहेको पनि जनाएको छ । दिउसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले खेलकुदको विकास–विस्तार र समसमायिक बिषयका बारेमा सम्बोधन गर्नुहुने खेलकुद परिषदले जनाएको छ ।

साथै कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा तामाङको पनि उपस्थिती रहने बताइएको छ । त्यस्तै ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी, प्रशिक्षक, संघ–संस्था, कर्मचारीलगायत खेलकर्मीको पनि उपस्थिती हुने छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदका बारेमा प्रधानमन्त्री समक्ष जानकारी गराउने समेत कार्यक्रम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.