काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप काठमाडौंमा आफ्नो तर्फबाट पनि बृहत भेला आयोजना गर्ने बताउनु भएको थियो ।

रत्नपार्क पूर्वतर्फको सडक आवत जावत ठप्प पारेर प्रचण्ड-नेपाल समुहले विरोधसभाको आयोजना गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओलीले भन्नु भएको थियाे, ‘सानो सडक कुनामा ६-७ हजार मान्छे भेला गरेर हौसिएछन्, आमसभा भनेको कस्तो हुन्छ २३ गते हेर्नु।’

प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको सभा पनि ‘नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुने भएको छ । आइतबार नारायणहिटी दरबार संग्राहलयको गेट अगाडि २३ गते भव्य आमसभा गर्ने निर्णय भएको (नेकपा) ओली समुहका एक नेताले जानकारी दिनुभयो ।

ओली समुहको यो आमसभामा बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहहरुको सहभागीता हुने उसको दावी छ । तर ओली समुहले यही आमसभालाई दरवारकै अगाडि कार्यक्रम गराउनुले आम मानिसहरुको मनमा अनौंठोपन भने छाएको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको क्रियाकलाप राजाहरुसँग मिल्दो हुनु र नारायण हिटी दरवार अगाडि नै कार्यक्रमको आयोजना गर्नु आफैँमा असोभनीय भएको प्रचण्ड नेपाल समुहका नेताहरको भनाइ छ ।

त्यस्तै प्रचण्ड नेपाल समुहका नेता सुरेन्द्र पाण्डेले एक कार्यक्रममा बाेल्दै ओली राजवादीहरुको भीड बसेको आारोप लगाउदै लगाउनु भएकाे छ । उहाँले ओलीले २३ गते नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने हल्ला आएको समेत बताउनु भयो ।

यद्यपि उता ओली समुहले भने धेरै नेता कार्यकर्ताहरुको सहभागीता हुने र ठूलो स्थान नारायणहिटी गगाडि भएकाले त्यही कार्यक्रमको आयोजना गनर्व लागिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.