सम्म डिभी लोटरी लगायतका विभिन्न आप्रवासी र कामदार भिसामा लगाएको रोक कार्यकारी आदेशमार्फत खारेज गर्ने भएका छन् । महामारीका कारण उत्पन्न आर्थिक मन्दीमा अमेरिकी कामदारलाई संरक्षण प्रदान गर्न भन्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च ३१ सम्मका लागि विभिन्न प्रकारका आप्रवासी भिसा र कामदार भिसामा रोक लगाएका थिए ।बाइडेनले उक्त आप्रवासन रोकलाई खारेज गर्न कार्यकारी आदेश जारी गर्ने ह्वाइटहाउसका अधिकारी इस्थर ओलाभारियाले मेयरहरुसँगको एउटा भर्चुअल बैठकमा बाताएका हुन् ।

तर त्यस्तो कार्यकारी आदेश कहिले जारी गर्नेभन्नेबारे केही खुलाइएको छैन । इस्थर ओलाभारिया राष्ट्रपति बाइडेनका एकजना उच्च अध्यागमन सल्लाहकार हुन् भने ह्वाइट हाउसका घरेलु नीति काउन्सिलका डेपुटी डाइरेक्टर समेत हुन् ।आप्रवासनमा रोक लगाउने नीतिहरुले आप्रवासीहरुले अमेरिकाको अर्थतन्त्र, संस्कार र समाजको निर्माणमा गरेको दशकौं र अझ शताब्दी लामो योगदाको वेवास्ता गरेकाले त्यस्ता नीतिलाई खारेज गरेर आप्रवासीलाई स्वागत गर्ने र उनीहरुको योगदानको सम्मान गर्ने ह्वाइटहाउसका अधिकारीले बताए ।

भोलि शुक्रबार ट्रम्पले जारी गर्ने अध्यागमनबारेका केही आदेशमा ढिलाई हुने बताइएपनि छिट्टै अध्यागमन बारेका महत्वपूर्ण कार्यकारी आदेशहरु जारी गरिने जनाइएको छ ।बाइडेनले कार्यभार सम्हाल्नुभन्दा झण्डै ३ साता अगाडि ट्रम्पले आप्रवासी र कामदार भिसामा रोक लगाउने आदेश मार्च अन्त्यसम्मका लागि थप गरेका थिए । जसका कारण पारिवारिक आधारमा ग्रिनकार्ड फाइल गरेर आप्रवासी भिसामा अमेरिका आउनेहरुदेखि डिभी लोटरी परेर अमेरिका आउनेहरुसम्म मारमा परेका छन् ।सन् २०२० को डिभी लोटरी विजेताहरुमध्ये सेप्टेम्बरमा भिसा पाएकाहरु आप्रवासन रोकका कारण अमेरिका आउन पाएका छैनन् ।

उनीहरु मार्चभरमा अमेरिका आइसक्नुपर्ने प्रावधान रहेको छ । त्यस्तै आप्रवासन रोककै कारण आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुले पनि अहिलेसम्म भिसा पाउन सकेका छैनन् ।सेप्टेम्बरमा भिसा पाएका सन् २०२० को डिभी लोटरी विजेताहरु मार्चभित्र अमेरिका आइसक्नुपर्नेहुन्छ । अन्यथा उनीहरुको भिसाको अवधि समाप्त हुनेछ ।ग्रिनकार्डवाहकले परिवारमा आधारित ग्रिनकार्डमा मार्चको अन्त्यसम्म परिवारका सदस्यहरुलाई अमेरिका ल्याउन पाएका छैनन् भने रोजगारमा आधारित ग्रिनकार्डमा समेत अमेरिका आउन पाएका छैनन् ।

अमेरिकी नागरिकले आफ्ना दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुलाई अमेरिका ल्याउन भने कुनै रोक छैन । तर अमेरिकी दूतावास र कन्सुलेटहरु कोरोनाको महामारीका कारण सिमित कार्यक्षमतामा मात्र संचालन भइरहेका छन् भने नियमित भिसा सेवा सुचारु गरिएको छैन ।

Leave a Reply

Your email address will not be published.

You missed