माघ ०७ गते
बाँकेको कोहलपुर नेपालगञ्जको सेन्टर राँझामा नवनिर्मित प्रहरी भवन बिटको उद्घाटन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले ज्युले नवनिर्मित प्रहरी भवनको उद्घाटन गर्नु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० को कार्यालय र त्यहाँका स्थानीय ब्यवसायीहरुको सहयोगमा प्रहरी बिट भवन बनेको जानकारी गराउनुभएको छ । वडा नम्बर २० को कार्यालयबाट २ लाख र दाता सहयोगीहरुबाट ४ लाख ५० हजार गरी ६ लाख ५० हजार लागतमा भवन बनेको बाँके उपरीक्षक रानाले जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.