काठमाडौं, ७ माघ । आज बुधबार शेयर बजार परिसूचक ‘नेप्से’ १५ दशमलव ८७ अङ्कले उकालो लागेको छ ।
आज नेप्से १५ दशमलव ८७ अङ्कले बढेर २३ सय ४२ दशमलव ७६ विन्दुमा पुगेर बन्द भएको छ ।

दुई सय ११ कम्पनीका एक करोड ५९ लाख ८१ हजार कित्ता शेयर ६ अर्ब २१ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ६१ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज १५ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Leave a Reply

Your email address will not be published.