नेपालगन्ज, ६ माघ
मसुरिया एकेडेमी कैलालीले भारतिय टिम सहारा एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
बाँकेमा संचालन भइरहेको स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनमा मसुरियाले सहारालाई टाइब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
जयकिसान स्पोटर््स क्लबले आयोजना गरेको प्रतियोगिताको मंगलबार संचालन भएको पहिलो सेमिफाइनलमा खेलभर मसुरिया र सहाराबीच १–१ गोलको बराबरी रह्यो । खेलमा सहाराका खेलाडी समुअल राजले ३७ मिनेटमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफको १३ मिनेटमा मसुरियाका खेलाडी चेतन कठाएतले गोल गरेर खेललाई बराबरी बनाएका थिए ।
टाइब्रेकरमा भने मसुरियाका दिवस बोहोरा, चेतन कठाएत, हेमन्त क्षेत्री, ओमप्रकास चौधरी र विष्णु चौधरीले गोल गरे ।
सहाराका तर्फबाट समुअल राज, कमल थापा, जाभेद खानले गोल गरे भने सन्जय सिंहको बल प्रहारलाई सहाराका गोलकिप्परले छेक्न सफल भएका थिए ।
मसुरियाले फाइनलमा कपका लागि बुधबार हुने दोस्रो सेमिफाइनको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो सेमिफाइनलमा आयोजक जयकिसान स्पोटर््स क्लब ‘ए’ र एफएफएसए दाङले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको अन्तिम फाइनल खेल माघ ९ हुनेछ ।
खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published.