नेपालगन्ज, ५ माघ
जयकिसान स्पोटर््स क्लबको आयोजना बाँकेको सैनिकमा संचालन भएको प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा जयकिसान स्पोर्ट्स क्लब ‘ए’ ले गुर्भाकोट क्लब सुर्खेतमाथि विजयी प्राप्त गरेको छ ।
जयकिसानका लागि विक्रमसिंह ठकुरीको एकलौटी दुई गोलले आयोजकलाई सेमिफाइनलको यात्रा तय गराएको छ । सोमबार संचालन भएको अन्तिम क्वाटरफाइनलमा ठकुरीले ३० मिनेट र ७४ मिनेटमा गोल गरेका हुन् ।
मंगलबारदेखि संचालन हुने सेमिफाइन खेलको अन्तिम चारमा जयकिसानसँगै, साहरा एफसि लखनउ, मसुरी एकेडेमी कैलाली र एफएफएसए दाङ पुगेका छन् ।
मंगलबार हुने पहिलो सेमिफाइनमा सहारा र मसुरी प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको अन्तिम फाइनल खेल माघ ९ हुनेछ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले सहभागिता जनाएका थिए ।
नकआउटको आधारमा खेलाइएको खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजन गरेको छ ।
क्याप्सन ः खेलमा प्रतिस्पर्धा गर्दै जयकिसान (निलो) र गुर्भाकोट (पहेँलो) का खेलाडी ।