काठमाडौँ । पछिल्ला दिनमा काठमाडौँ उपत्यकाबाट दैनिक चारदेखि पाँचवटा मोटरसाइकल चो’री हुने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखामा दैनिक आउने उ’जुरीले यो तथ्यलाई पुष्टि गर्छ ।विशेष गरी बजाज कम्पनीको पल्सर मोटरसाइकल धेरै चो’री हुने गरेको महाशाखाको तथ्यांक छ । गत मंसिर महिनामा मात्रै उपत्यकाबाट एक सय ४३ वटा मोटरसाइकल चो’री भएको उ’जुरी महाशाखामा परेको थियो । चोरी भएकामध्ये एक सय ११ वटा पल्सर मोटरसाइकल छन् ।त्यसैगरी पुसमा एक सय ४७ वटा मोटरसाइकल चोरी भएको उजुरी परेका छन् ।

तीमध्ये एक सय १७ वटा पल्सर मोटरसाइकल चो’री भएका छन् । महाशाखाकाअनुसार कात्तिकमा एक सय ११ वटा मोटरसाइकल चो’री भएकामा ९३ वटा पल्सर मोटरसाइकल छन् । चो’री भएको अनुपानमा भेटिने संख्या भने कमै देखिन्छ ।उपत्यकाबाट चो’री हुने मोटरसाइकलमा २२० सीसीका पल्सर मोटरसाइकल धेरै छन् । पल्सर मोटरसाइकलको इन्जिनमार्फत पानी तान्ने मोटरको काम गर्न सकने भएकाले चो’रीमा सं’लग्न गि’रोहको रोजाइमा यो मोटरसाइकल पर्ने गरेको छ ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published.