काठमाडौ । मलेसिया स्थित नेपाली दूतावासले नयाँ श्रमिकको लागी मलेसियाको रोजगारी निकट भविष्यमै खुल्न सक्ने सम्भावना एकदमै कम रहेको बताएको छ। मलेसियामा कोरोनाको संक्रमण फैलिन नदिन आवतजावतमा नियन्त्रण गरिएको , ठाउँ – ठाउँमा रोड ब्लक गरिएको भन्दै सरकारको पछिल्लो कदमलाई हेर्दा तत्कालै नयाँ श्रमिक मलेसिया आउन दिन थाअने सम्भावना नदेखिएको दूतावासको भनाई छ।

दूतावासले हरेक हप्ता शुक्रवार सञ्चालन गर्दै आएको आफ्नो फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण (लाईभ) मार्फत द्धितिय सचिव प्रतीक कार्कीले बोल्दै भन्नुभयो , कोरोना भाइरसको समयमा मलेसिया आउने नेपालीको क्वारेन्टाइन खर्च वापत लगभग ४,५ हजार रिंगेट खर्च हुने बताएको छ।

क्वारेन्टाइनमा बस्दा, प्रशासनिक खर्च तथा कोभिड टेष्ट लगायतको प्रक्रियामा सो खर्च हुने जानकारी दिएको हो। प्रशासनिक खर्चमा २६ सय रिंगिट, प्रतिदिन १ सय ५० रिंगट बस्ने खर्च, कोभिड टेष्ट लगायतको खर्च गरेर ४,५ हजार रिंगिट खर्च हुने दूतावासको भनाई छ।

[ तस्बिरमा फेसबुक पेज मार्फत प्रत्येक्ष प्रसारणमा बोल्दै द्धितिय सचिव प्रतीक कार्की ]
दूतावासले कोरोना भाइरस (कोभिड-१९)को समयमा मलेसियामा जारी एमसिओ अवधी भित्र स्वदेश फर्किने वा मलेसिया आउनेहरुलाई केहि विषयमा ध्यान दिन जरुरी रहेको स्पष्ट पारेको छ। हाल मलेसियाबाट नेपालका लागि नियमित फ्लाईट उडान भइरहेको र मलेसिया अध्यागमन बिभागको कार्यालय काउन्टरहरु पनि खुलै रहेको भन्दै स्वदेश फर्किनेहरुले निश्चित प्रकृया अनिवार्य पुरा गर्नुपर्ने र मज्जाले स्वदेश फर्किन सकिने बताएको छ।

रोजगारी सकेर स्वदेश फर्किनेहरुले अध्यागमनबाट पुर्व अनुमति लिएर चेकआउट मेमो लिनुपर्ने र विदामा स्वदेश फर्किन लागेको भएमा कम्पनीको पत्र साथमा लैजान दूतावासले सुचित गरेको छ।

नेपाल् फर्किने हरुले आफ्नो साथमा अनिवार्य रुपमा ७२ घन्टा भित्रको कोरोना सम्बन्धि पिसिआर रिपोर्ट , फ्लाईट टिकट , चेकआउट मेमो , सक्कली राहदनी,पासपोर्ट अथवा ट्राभल डकुमेन्ट लगायत आवश्यक सम्पुर्ण कागजात साथमा बोकेर एयरपोर्ट जानलाई समस्या भएको खण्डमा पहिल्यै नजिकैको बालाई पुलिस स्टेशनमा गएर यात्रा अनुमतिपत्र (पर्मिशन) लिएर बल्ल एयरपोर्ट सम्मको यात्रा गर्नुहुन जानकारी गराएको छ।

स्वदेश फर्किनलाई आवश्यक कागजात बनाउन मलेसिया अध्यागमन बिभाग जानलाई अपोइटमेन्ट लिईसकेकोले सो मितिमा बिभागको कार्यालय जानलाई यात्रामा समस्या आउन नदिन आफू बसेको ठाउँमा नजिकैको पुलिस स्टेशनमा गएर एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्नको लागी अनुमति लिएर मात्रै यात्रा गर्नाले केही अप्ठ्यारो नहुने र यदि त्यस्तो केही अप्ठ्यारो परे नेपाली दूतावास लाई सम्पर्क गर्न सकिने बताएको छ।

मलेसिया सरकारले कोरोना विरुद्धको भ्याक्सिन स्वदेशी संगै विदेशी नागरिकहरु लाई समेत दिइने भनेपनि अहिलेसम्म भ्याक्सिन बारे औपचारिक त्यस्तो कुनै यकिन जानकारी नआएको दूतावासले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published.