काठमाडौं । नेपालमा कोरोनाभाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ३२ सय जनाको पीसीआर गरिएकामध्ये चार सय तीनजनाको नतिजा पोजेटिभ आएको छ । नेपालमा बिहीबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६६ हजार पाँच सय ४६ जना पुगेको छ ।त्यस्तै पछिल्लो चौबीस घण्टामा चार सय पाँचजना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६० हजार एक सय ७७ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा २३१ जना छन् भने चार हजार चार सय २६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

You missed