काठमाडौं, २९ पुष । मुलुकमा थप ४ सय ४५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या १ सय ८४ र पुरुषको संख्या २ सय ६१ छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ४५ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ ।

काठमाडौं उपत्यकामा २ सय ४६ संक्रमित थपिए

 

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ सय १० जना महिला र १ सय ३६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २४ हजार १ सय ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय १४ निको भए, ५ संक्रमितको मृत्यु

यसैगरी कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय १४ जना निको भएर घर फर्किएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय १४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ४ हजार ४ सय ८ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २ सय ३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १९ लाख ९७ हजार ९ जनाको पीसीआर परीक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published.