बाँके प्रहरीद्धारा ठूलो परिमाणमा अवैध माछा बरामद बाँके पुस २५ गते । नगरको शान्ति सुरक्षाको कमाण्ड सम्हालेपछि वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज डिल्ली खड्का अवैध तस्करविरुद्ध निर्मम बनेका छन् । उनले नगरको शान्ति सुरक्षालाई मजबुद बनाउँदै चोरी तस्करी गर्नेहरु विरुद्ध निर्मम बनेका हुन् । उनको कमाण्डमा दैनिकजस्तो अवैध सामान बरामद हुन थालेपछि तस्करहरु भागाभाग हुन थालेका छन् । गएरातीमात्रै उनले भारतबाट नेपाल भित्र्याइएको ठूलो परिमाणको प्रतिबन्धित माछा नेपालगन्जमा बरामद गरेका छन् । लु १ च ७३४० नम्वरको टाटा पिकअपमा गोरुसिंगेबाट नेपालगन्ज हुँदै सुर्खेत लैजान लागिएको अवस्थामा राती १ बजेतिर १२ क्विन्टल माछा बरामदसहित पिकअप भ्यान बरामद गरिएको छ । अवैध रुपमा नेपालगञ्ज हुँदै सुर्खेत लैजादै गरिएको १२ क्विन्टल माछा नियन्…