एजेन्सी, २६ पुष । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले ग्रानडामाथि सानदार जित निकालेकाे छ । गएराति भएकाे खेलमा बार्सिलोनाले ग्रानडालाई उसकै मैदानमा ४-० गाेल अन्तरले पराजित गरेकाे हाे ।

बार्सिलोनालाई सानदार जित दिलाउनकाे लागि कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनको समान दुई/दुई गाेल गरे । बार्सिलाेनाले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल गरेकाे थियाे ।

 

खेलको १२औं मिनेटमा बार्सिलाेनाले एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । ३५औं मिनेटमा ग्रिजमनको पासमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले पहिलो हाफमै ३-० को आरामदायी अग्रता लिएको थियो । ६३औं मिनेटमा औसमाने डेम्वेलेको पासमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को सानदार जित दिलाए ।

यो जितसँगै तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाले शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडसँगको अंक दुरी कम कम गरेको छ । तीन खेल कम खेलेको एट्लेटिकोको ३८ तथा रियलको ३७ अंक छ । बार्सिलोनाको ३४ अंक पुगेको छ । पराजित ग्रानडा २४ अंकसहित सातौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published.