काठमाडौं, १७ पुष । यही पुष पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र दाहाल–नेपाल समूहमा विभाजन भइसकेको छ ।
यसैबीच दाहाल–नेपाल समूहले आफूसँग बहुमत रहेको भन्दै नेकपाको अधिकारिकता दाबी गर्दै आएको छ । तर, यता ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने बहुमत अल्पमतको टुंगो चुनावपछि मात्रै हुने बताउनुभएको छ ।
File Photo
शुक्रबार (आज) प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुहमत अल्पमतको टुंगो अहिले नभई चुनावपछि मात्रै हुने बताउनु भएको हो ।
दाहाल–नेपाल समूह बहुमत छ भन्दै सडकमा कराइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘चुनावपछि बहुमत को हो ? अल्पमत को हो ? प्रमुख पार्टी को हो ? तपाई हामीले देख्ने छौं ।’
त्यस्तै, उहाँले नेकपाभित्र देखिएको समस्याको सकारात्मक निकास निकाल्नका लागि आफूले धेरै काँध थापेको तर केही नेता अलग भएको पनि बताउनुभयो । उहाँले दाहाल–नेपाल समूह पार्टी कार्यालय कब्जा गर्ने, बैंक खाताबाट पैसा निकालेर गायब गर्नेतिर लागेको समेत आरोप लगाउनुभएको छ