काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको बताएका छन् ।

विभिन्न राजनीतिक दल आबद्ध महिला संगठनहरुको ध्यानाकर्षण बुझ्दै सभामुख सापकोटाले शुक्रवार भने,‘हाम्रो संविधानले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट गर्दै यस अघि पुस ८ गते वक्तव्य मार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको छु ।’

सभामुख सापकोटाले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिवद्धता व्यक्त गरे । सापकोटाले आफूले यस सन्दर्भमा राष्टका समग्र पक्षसंग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेको परामर्श गरिरहेको बताए । सापकोटाले दलहरुसँगको बैठक बोलाउन खोजिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.