काठमाण्डौँ । नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओली को गैरसंवैधानिक कदमविरुद्ध एक जुट भएर आन्दोलन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

बिहीबार सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका महामन्त्री सिंहले प्रधानमन्त्री ओलीले संसद विघटनविरुद्ध एक जुट भएर आन्दोलनमा होमिन आग्रह गरेका हुन् । सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि महामन्त्री सिंहले अध्यक्ष प्रचण्डसँग राजनीतिक विषयमा छलफल गरेका थिए ।

‘संसद विघटन असंवैधानिक छ । यो पुनःस्थापना हुनुपर्छ । संयुक्त आन्दोलन गरौँ, त्यसो हुन नसके तपाईंहरुले गर्ने आन्दोलनप्रति हाम्रो समर्थन हुन्छ’, प्रचण्डसँग महामन्त्री सिंहले भने ।

FacebookTwitterFacebook MessengerWhatsAppLinkedInShare

Leave a Reply

Your email address will not be published.