बिशेष गरि चिसो मौसममा मानिसहरुमा सुख्खापनका कारण ओठ फुट्ने समस्या आउने गर्दछन् । जसका कारण मानिसको अनुहारको सुन्दरतामा कमी त आउछ नै आफैलाई समेत समस्या हुने गर्छ ।
त्यसैले आज हामी तपाईहरु लाई ओठ फुट्ने समस्या बाट हैरान भैरहनु भएको छ भने यसबाट राहत पाउने उपायको बारेमा जवानकारी दिन गईरहेका छौं । जसले तपाईहरुलाई ओठ फुट्ने समस्या बाट आराम दिलाउछ ।
१. घ्युकुमारीको जेल
यदि तपाईले फुटेको ओठमा घ्युकुमारीको जेल लगाउनु भयो भने राहत मील्छ । घ्युकुमारीको जेलको प्रयोगले ओठ ठिक रहन्छ र ओठ दुख्ने समस्या पनि हुँदैन ।
२. चीनी
चीनी प्राकृतिक सफ्टनरको काम गर्छ र फुटेको ओठबाट खराब कोशिकाहरूलाई हटाउने काम गर्नुको साथै ओठमा नरमपन ल्याउने काम गर्छ ।
३. मह
मह एक मोश्चराइजरको काम गर्छ र यसबाट फुटेको ओठ चाँडो निको हुन्छ । महमा एन्टी(ब्याक्टेरिया तत्व हुन्छ, जसले ओठलाई ठिक राख्न मद्दत गर्छ ।
४. नरिवलको तेल
तपाई नरिवलको तेललाई ओठमा कुनै पनि समयमा लगाउन सक्नुहुन्छ । यसलाई सिधा ओठमा लगाउन सकिन्छ ।
५. काक्रा
काक्रा पनि फुटेको ओठको लागी लाभदायक हुन्छ । यसको रस आफ्नो ओठमा लगाउनुहोस् । र यसले आराम दिलाउनुका साथै ओठ फुट्ने समस्या बाट राहत दिलाउछ