काठमाण्डाै – नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम खुला भएको छ ।कोरोना म’हामारीको कारण गएको चैतदेखि ब’न्द भएको अनलाइन फाराम आज (मङ्गलबार) देखि सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।स्वास्थ्य सुरक्षाका सबै मा’पदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फा’राम खुला गरेको उहाँले बताउनुभयो । अहिलेलाई दैनिक कोटा तो’केर आवेदन लिन थालिएको र अब नियमित परीक्षा हुने पनि उहाँले बताउनुभयो ।

अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको पनि निर्देशक भुसालले जानकारी दिनुभयो ।लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप भएकोले अनलाइन साइट नखुल्ने स’मस्या देखिएको र स’मस्या स’माधानको प्रयास भइरहेको पनि उहाँले बताउनुभयो ।काठमाण्डौ उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.