विराटनगर, १३ पौष । सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको र मुलुकलाई अस्थिरता तर्फ धकेलेको विरोधमा नेपाली कांग्रेसको आयोजनामा मोरङका ७ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिएको छ ।

 

यसैक्रममा विराटनगरमा गरिएको विरोध प्रदर्शनमा सहभागिहरुले सर्वसत्तावाद मुर्दावाद, संसद पुनस्र्थापना गर, प्रतिगमन मुर्दावाद , ओलि तेरो पाराले दुख पाए साराले , ओलिको तीन बर्षे उपहार भ्रष्टचारै भ्रटचार जस्ता नारा लगाएर नगरको परिक्रमा गरेका थिए ।

 

विभिन्न स्थानबाट भेला भएर विराटनगर स्थित वीरेन्द्र सभागृहबाट शुरु भएको विरोध -यालीले नगरको विभिन्न भागको परिक्रमा गर्दै महेन्द्र चोकमा कोणसभामा परिणत भएको थियो । सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला लगायतका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published.

You missed