बारा, १३ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भन्दै नेपाली काँग्रेस बाराले चार वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको छ ।

बारामा रहेका चार निर्वाचन क्षेत्रमा आज एकैसाथ विरोध र्याली निकालिएको छ । र्यालीमा सहभागिहरुले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने, केपी ओली मुर्दावाद लगायतका नारा लगाएका थिए ।

बाराको निर्वाचन क्षेत्र नं. १ को कोल्हवी, क्षेत्र नम्बर २ को बगडमपुर, क्षेत्र नं. ३ को कलैया सदरमुकाम एवं क्षेत्र नम्बर ४ को सिमरामा छुट्टाछुट्टै कार्यक्रम गरी प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने भन्दै नेपाली काग्रेसले विरोध कार्यक्रम गरेको छ ।

 

क्षेत्र नं. १ को विरोध सभालाई केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य उमाकान्त चौधरी र क्षेत्रिय सभापति बिजय शंकर यादबले संवोधन गरेका थिए । त्यसैगरीे निर्वाचन क्षेत्र नं. २ को बगडमपुरमा नेपाली काग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादब र क्षेत्रिय सभापति रामप्रवेश यादबको अगुवाई बिरोध कार्यक्रम भएको छ ।

 

निर्वाचन क्षेत्र नं. ३ को कलैयामा नेपाली काग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री फरमुल्ला मंसुर, पार्टी सभापति जयचन्द्र चौरसिया र क्षेत्रिय सभापति मुकेश कुश्वाहाले विरोध कार्यक्रमलाई संवोधन गरेका थिए भने निर्वाचन क्षेत्र नं. ४ को सिमरामा नेपाली काग्रेसका केन्द्रीय सदस्य बृजलाल यादब, सबिधान सभाका सदस्य एवम नेपाली काग्रेसका पूर्वसचेतक शोभाकर पराजुली र क्षेत्रिय सभापति सुनिल गुप्ता लगायतले विरोध र्याली पश्चात आयोजित कोणसभालाई संवोधन गरेका थिए ।

केपी ओली सरकारले प्रतिनिधीसभा बिघटन गरेर असंवैधानिक कदम चालेपछि यसकोबिरूद्ध देश भरका निर्वाचन क्षेत्रमा विरोधका कार्यक्रम आयोजना गर्ने केन्द्रीय कार्यक्रम अन्तर्गत बाराका ४ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेको बिरोधमा काग्रेसले चारै क्षेत्रमा शसक्त बिरोध कार्यक्रम गरेको जीतपुर िसमरा उपमहानगरपालिकाका नगर सभापति श्यामवावु गुप्ताले बताए ।

Leave a Reply

Your email address will not be published.