काठमाडौं, १२ पुस । संखुवासभाको चैनपुरमा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव समुहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । लुकिछिपी बसेको बिशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाले प्रहरी र सशस्त्र प्रहरीको टोली चैनपुरको मैदाने भन्ने ठाउँमा पठाएकाे थियो ।

त्यसक्रममा विप्लव समुहले प्रहरीमाथि ५ राउण्ड गोली चलाएको बताइएको छ । त्यसछि प्रहरीको टोलीले पनि उनीहरुमाथि गोली चलाएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार विप्लव समुहको कार्यकर्ता बसेको घरमा प्रहरी पुगेपछि घर जजिककैको जंगलमा लुकेर बसेकाहरुले गोली चलालएका थिए ।

त्यस्तै अन्य केही कार्यकर्ताहरुपनि गोली चलाउदै भागेको बताइएको छ । सुरुमा साधा पोसाकमा पुगेका प्रहरीको टोलीमाथि आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप प्रहरी पनि पठाइएको बताइएको छ । त्यसपपिछ घटनास्थल पुगेका प्रहरीको टोलीले २० भन्दा बढी गोली चलालएको बताइएको छ ।

विप्लव समुहका कार्यकर्ता बसेको घरबाट केही सामान बरामद गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि संखुवासभाको सिलिङचोङ गाउँपालिकामा गस्तीमा रहेका प्रहरीको टोलीमाथि विप्लव समुहले आक्रमण गरेको थियो ।

संखुवासभाको केही स्थानसहित चैनपुर र सिलिङचोङ विप्लव समुहको चहलपहल बढी हुने क्षेत्रहरु रहेको स्थानीय बताउछन् ।

 

Leave a Reply

Your email address will not be published.