काठमाडौँ । घरमा शिवलिङ्ग राख्नमा धेरैलाई मनमा एक संशय या प्रश्न उठ्नसक्छ कि घरको पूजास्थलमा शिवलिङ्ग राख्ने या नराख्ने । समाजमा एक भ्रम छरिएको छ कि शिवलिङ्ग घरमा राख्दा अशुभ हुन्छ, यसले झनै समस्या सिर्जना हुन थाल्छ ।

तर यो साँचो होइन । पण्डितहरुका अनुसार, शिवको अर्थ कल्याण गर्ने । उनी जगतका पिता साथै सृष्टिको रक्षाको लागि कालकूटको विष सेवन गरे उनी कसरी अनिष्ट गर्न सक्छन् ?

भगवान शिव कल्याणकारी छन र चाँडै प्रशन्न हुन्छन् । तपाईंलाई भगवान शिवसँग केहि चाहिए उनलाई प्रशन्न बनाउनको लागि समय लाग्दैन । घरमा शिवलिङ्ग राख्दा कुनै अनिष्ट हुँदैन । यसले त सबैको कल्याण हुन्छ । शिवलिङ्ग भगवान शिवको निराकार स्वरुप हो । कुनैपनि मूर्तिको स्थापना दुई प्रकारबाट हुन्छ । एक चलित प्रतिष्ठा र अर्को प्राण प्रतिष्ठा ।

मन्दिरमा भगवानको मूर्तिको प्राण प्रतिष्ठा गरिन्छ जसको लागि कडा नियम पालना गर्नुपर्ने हुन्छ । तर घरको पूजाको लागि पूजा स्थमा जुन मूर्ति राखिन्छ त्यो चलित प्रतिष्ठा हो । यसकारण घरमा शिवलिङ्ग अवश्य राख्नुहोस तर त्यसको प्राण प्रतिष्ठा नगराउनुहोस् ।

यदि प्राण प्रतिष्ठा राख्ने भए नियमको पालना गर्नुहोस्, नियम टूट्यो भने दोष लाग्दछ । यसकारण विचार पुर्याउनुहोला ।

Leave a Reply

Your email address will not be published.