काठमाडौं । आज डिसेम्बर २५ अर्थात क्रिसमस डे । इसाई धर्मका संस्थापक येशू ख्रीष्टको जन्म जयन्तीका रुपमा देशभरका गिर्जाघरमा प्रार्थानासहित शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
क्रिसमसका अवसरमा नेपालमा पनि काठमाडौं, पोखरा, धरान लगायतका पर्यटकीय शहरमा छुट्टै रौनक हुने गरेको छ । इसाई धर्म अनुयायी अधिक रहेको ठाउँमा येशूको शिक्षा एवं उपदेशबारे कुराकानीका सँगै उपहार आदान–प्रदान गर्ने, शान्ति, समृद्धिको कामना गरिन्छ ।
नेपालमा करिव ४ सय वर्षदेखि इसाइ धर्मावलम्बीको बसोबार सुरु भएको र त्यतिबेलैदेखि क्रिसमस मनाउन थालिएको बताइन्छ ।
आज क्रिसमसको दिन सरकारले देशभर सार्वजनिक बिदा त दिएको छैन । तर बाहुल्य क्षेत्रहरुमा बिदा दिन सकिने परिपत्र जारी गरेको छ ।
हालको इजरायलमा पर्ने जेरुसेलमको बेथहेलममा कन्या मारियामको कोखबाट २ हजार वर्षअघि येशुको जन्म भएको मानिन्छ । उनको जन्मभन्दा पहिले नै स्वर्गदूतले भविष्यवाणी गरेका थिए ।
येशुलाई जिसस क्राइष्ट पनि भनिन्छ । उनले सर्वसाधारणलाई अन्याय, अत्याचार, विभेदबाट मुक्ति दिलाउन आफैं क्रसमा चढेको र उनको योगदानको सम्झनामा अनुयायीमार्फग इस्वी संवत् सुरु गरिएको विश्वास छ ।