काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेपछि तीन दलले यसको संयुक्त रुपमा सशक्त प्रतिवाद गर्ने भएका छन् । सत्तारुढ दल नेकपाको प्रचण्ड-नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् विघटनप्रति संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

आइतबार साँझ नेपाली काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा तीन दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले यसको सशक्त प्रतिवाद गर्ने र फिर्ता गराउने सहमति भएको हो ।

बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम पनि असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष पनि निकालेको छ । बैठकमा नेकपाका नेता माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ तथा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँण र जसपाका डा. बाबुराम भट्टराई तथा राजेन्द्र महतो सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.