सफ्टवेयर तथा मोबाईल एप्लिकेसनको निर्माण तथा सेवा प्रदान गर्ने निन्जा इन्फोसिस सम्मानित भएको छ।
नागरिक समाज डटकमले बिहीवार आफ्नो पहिलो वार्षिकोत्सबको अवसर पारेर बिगत केही बर्ष देखी सफ्टवेयर तथा मोबाईल एप्लिकेसन निर्माण तथा विभिन्न आइटी सम्बन्धी सेवा दिदै आएको कम्पनी निन्जा इन्फोसिस प्रालीलाई सम्मान गरेको छ।
“स्मार्ट अनि डिजिटल बनाउदै” भन्ने मूल नारा लिएको उक्त कम्पनी युवाहरुद्वारा संचालित नेपाली सफ्टवेयर कम्पनी हो, बिगत केहि वर्ष देखि नेपालगन्जमा स्थापन भइ विभिन्न सफ्टवेयर तथा मोबाईल एप्लिकेसन, बल्क एसएमएस, वेबसाईट डिजाइन, ग्राफिक्स डिजाइन, डिजिटल बोर्ड तथा आइटी सम्बन्धि सेवा देशभर आफ्नो सेवा दिदै आइरहेको छ। सूचना तथा प्रविधिको क्षेत्रले फड्को मारिरहेको यो युगमा निन्जा इन्फोसिस प्रा. ली. ले पनि एक आइटी कम्पनीको रुपमा स्थापना भइ सेवा दिदै आएको छ।
त्यस्तै वार्षिकोत्सबको अवसरमा पत्रकार कमल न्यौपाने, चेन्ज टिम बाँकेका अध्यक्ष प्रबिन बिसी , समाजसेवी कलम शाही, कोमल विष्ट, हेमन्त शाही, कुखुरा विकास फार्म खजुरा बाँकेका प्रबन्धक डा. शंकर न्यौपाने , भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके नेपालगन्जका प्रमुख कमला अधिकारी, जन जागरण समाज बाँकेका कार्यकारी ब्यवस्थापक राम बहादुर पुन, इश्वर सुवेदि , विनोद तिवारी , सुवास न्यौपानेलाई नागरिक समाजले सम्मान गरेको थियो ।
नागरिक समाजले आफ्नो वार्षिकोत्सबको अवसर पारेर निन्जा इन्फोसिसको सहकार्यमा नागरिक समाज मोबाइल एपको समेत सुरुवात गरेको छ ।
