एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीसँग बर्नलीले लज्जास्पद हार बेहोरेको छ ।

शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

 

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक एक गोल गरे ।

बर्नलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले छैठौँ मिनेटमा महरेजको गोलबाट अग्रता बनाएको थियो ।

२२औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।

४१औँ मिनेटमा मेन्डीले गोल गर्दै पहिलो हाफमा सिटीलाई ३-० को अग्रता दिलाए । ६६औँ मिनेटमा टोरेसले गोल गर्दै टोलीको अग्रता ४-० को बनाए ।

६९औँ मिनेटमा महरेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ५-० को फराकिलो जित निकाल्न सफल भयो ।

जितसँगै सिटी लिगको आठौं स्थानमा उक्लिएको छ । सिटीले ९ खेलमा १५ अंक जोडेको छ । बर्नली ५ अंक जोडेर १७ औँ स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published.