हरेक महिला र पुरुष विवाह गरिसकेपछि सन्तानको ठुलो आश वा रहर हुन्छ । तर पनि कतिपय व्यक्तिहरु सन्तानको चाहना हुँदाहुँदै पनि सन्तान हुँदैन । यसको कारण कसैले श्रीमानलाई लगाउछ त कसैले श्रीमतीलाई । खास नि:सन्तान यो एउटा शासत्व सत्य हो की जब महिलाको उमेर ढल्किँदै जान्छ । उनीबाट सन्तानको सम्भावना बिस्तारै न्यून हुन्छ । एक अध्ययन अनुसार आफू ‘अझै पूर्ण आमा नभएको’ भन्दै हजारौ महिलाहरुले सन्तान जन्माउन ढिलाई गर्ने क्रम बढ्दो छ । व्रिटिश प्रिगनेन्सी एडभाइजरी सर्भिसले तयार गरेको सो अध्ययन अनुसार दई तिहाई महिलाहरु करिअर बनाउनैपर्ने दबाब र पारिवारिक कारणले उनीहरुलाई गर्भधारण गर्ने उपर्युक्त साइत नै जुरेको छैन ।

बेलैमा सन्तान नजन्माएका तर रोजगारीमा संलग्न हुने महिलाहरुलाई ‘पार्ट टाइम मदर’ भनेर होच्याउने गरिएको केहीले महिलाले गुनासो गर्न थालेका छन् । आफूहरुले सासु ससुरा, साथी र सहकर्मीहरुको आशालाई पूरा गर्न नसकेकोमा अधिकांश बिबाहित महिला चिन्तित देखिन्छन् । करिअर, अध्ययन, आदिका कारण धेरैजसो महिलाहरु ढिलो सन्तान जन्माउने योजनामा रहिरहेकै बेला विज्ञहरुले महिला उर्वरत्व जोगाउने विषयमा केही टिप्स उल्लेख गरेका छन्ः

यौनजन्य रोगहरुबाट बच्नुहोस्
महिलाको उर्वरता सम्वन्धि एक तिहाई समस्या एसटीडी अर्थात् यौनजन्य समस्यावाट हुने गरेको छ । यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको हुन्छ । समयमै उपचार गरिएन भने यसले महिलाको अन्डालाई अन्डासयवाट पाठेघरसम्म पुयाउने ट्युबलाई रोकिदिन्छ । तसर्थ, आफ्नो श्रीमानसँग मात्र यौन सम्पर्क गर्दा पनि यौन जन्य रोग लाग्ने भएकोले महिलाले कुनै शंका लाग्नासाथ परीक्षण गर्नुपछ । नियमित परीक्षण गर्नुभयो भने तपाईको समस्या थप जटिल हुने न्यून सम्भावना हुन्छ ।

धुम्रपान छोडिदिनुहोस्
धुम्रपानकै कारण संसारमा १३ प्रतिशत महिला निःसन्तान र साबिक भन्दा १० वर्ष बढी बुढा देखिएका छन् । किशोरी अवस्थामा चुरोट पिउदा सन्तान जन्माउने समयमा के नै असर पर्ला भन्ने भ्रम पनि हुन सक्छ । धुम्रपान नगर्नेको तुलनामा धुम्रपान गर्ने महिलामा ३० प्रतिशत बढी निःसन्तान हुने समस्या हुन्छ । गर्भवती बन्न नै उनीहरुलाई ३ वर्ष बढी समय लाग्छ । धुम्रपानले अन्डाशयको काममा नकारात्मक अशर प्रभाव पर्छ । धुम्रपानको अशरले महिला अन्डा निस्काशन गर्न बाधा प¥याउनुका साथै पाठेघरभित्र बच्चालाई सुरक्षित साथ राख्ने पत्र पातलो हुँदै जान्छ । त्यस्तै धुम्रपान गर्ने महिलाहरुको मासिक धर्म अन्यको तुलनामा तीन वर्षअगाडि नै बन्द हुन्छ ।

सन्तुलित खाना खानुहोस्, मदिरा त्याग्नुहोस्
शरीरको फ्याटलाई सदैब सन्तुलित राख्नुहोस् । धेरै बढी पनि होइन, कमि पनि होइन । कम तौल र न्यून तौल दुबै समस्याले बाझोपनको समस्या ल्याउँछ । आफूलाई मन पर्ने व्यायायम गर्नुहोस र पोषणलाई पनि राम्रोसँग ध्यान दिनुहोस् । परिस्किृत वा परिमार्जित खाना र बढी चिनि सम्भव भएसम्म नखानुहोस् । खानलाई सकेसम्म प्राकृतिक अवस्थामा नै खानुहोस् । मोटा महिलाहरुको सेक्स हर्मन दबिने हुँदा उर्वरतामा समस्या आउन सक्छ । त्यस्तै न्यून फ्याट भएमा पनि अन्डकोशबाट अन्डा निस्काशन हुने प्रक्रियामा अशर हुन्छ । तपाईको भोजनमा स्वस्थ र पोषणयुक्त खानेकुरा जस्तै माछा, प्रर्याप्त सागपात र गेडागुडी खानुहोस् ।

यदि मदिरा पिउने लत छ भने तत्कालै त्यागिदिनुहोस् । यसले बाँझोपन ल्याउनुका साथै पाठेघरमा समस्या ल्याउँछ । किशोरी अवस्थामा पर्याप्त पिउनु भएको छ भने मासिक धर्मको पक्रियामा समेत प्रभाव पार्छ ।

उर्वरताबारे इतिहास बुझ्नुहोस्
तपाईको शरीर र मासिक धर्मको चक्रलाई राम्रोसँग बुझ्नुहोस् । नियमित मासिक धर्मको चक्र महिला उर्वरताको शारीरिक वास्तविकता हो । यहि चक्रलाई बुझेर नै महिलाको सामान्य स्वास्थ्य अवस्था र उर्वरताबारे बुझ्न सकिन्छ । तपाईको पारिवाक इतिहास विशेष गरी आमाको गाइनोलोजी र मासिक धर्म बारे बुझ्नुहोस् । यदि तपाईको आमाको ४५ वर्षसम्म मासिक धर्म भएको थियो भने तपाईको उर्वरता पनि त्यति समय सम्म हुने सम्भावना हुन्छ । यदि आमामा मिसक्यारियज भएको वा त्यस्तै अन्य समस्या भएको थियो भने तपाईमा पनि हुन सक्छ ।(एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published.