काठमाडौ । घिउ कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न ।
जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालाई बेजोड् मानिन्छ । एलोवेराले कपाल चुडिनबाट जोगाउँने तथा कपाललाई सेतो हुनबाट रोक्ने गर्दछ । दैनिकरुपमा सुत्नुभन्दा अगाडी गोडामा लगाएमा गोडा फुट्नबाट बचाउँछ । यस्ले छालाको नरमपनलाई कायम राख्दछ ।
औषधोपचार
१. आँखाको रोगमा
घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।
२. कानको रोगमा
घ्यू कुमारीको गुदी मनतातो पारेर २\३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।
३. मस्तिष्कको रोगमा
नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।
४. पुरानो ज्वरोमा
घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ ।
५. जण्डीस, कमलपित्त भएमा
बिहान बेलुका १\१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।
६. खटिरामा
घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।
७. वायुगोला\गानो गएमा
१ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली
पेट केही दिन खाएमा ठीक हुन्छ ।
८. चिनी रोग (डाइबेटिज) मा
१ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।
९. यौवनवान बनिरहन
२ चम्चा घ्यू कुमारीको गुदी बिहान\बेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।
१०. कुनै पनि विषमा
घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।
११. टाउको दुखेमा
घ्यू कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ ।
१२. पेटमा गाँठो देखिएमा
घ्यू कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँध्नाले गाँठो ठीक हुँदै जानेछ ।
१३. बच्चालाई कब्जिएत भएमा
घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।
१४. वाथ भएमा
घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
१५. मर्केको, चोट लागेको र सुनिएकोमा
घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
१६. दाद आएमा
घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ